• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    प्रिमियर लिगमा आज सात खेल हुँदै

    1.2K
    SHARES



    काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदैछन् ।

    आज हुने पहिलो खेल शीर्ष स्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको लिभरपुलबीच हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । १२ खेलमा २८ अङ्ककासाथ सिटी शीर्ष र समान खेलमा २७ अङ्ककासाथ लिभरपुल दोस्रो स्थानमा छ ।

    समान २७ अङ्क नै भए पनि आर्सनल तेस्रो स्थानमा छ । राति सवा ११ बजे ब्रेन्टफोर्ड र आर्सनलबीच खेल हुनेछ । त्यसअघि हुने आजका अरु खेलमा राति पौने ९ बजे सेफिल्ड युनाइटेड र बर्नमाउथ, नटिङ्घम फरेस्ट र ब्राइटन, बर्नली र वेस्ट ह्याम, लुटन टाउन र क्रिस्टल प्यालेस तथा न्युक्यासल र चेल्सी खेल्दैछन् ।

    यस्तै, क्रिस्टियानो रोनाल्डोको २ गोलको मद्दतमा अल-नासरले साउदी प्रो लिगमा अल-ओखदुदमाथि सहज जीत दर्ता गरेको छ ।

    रियादको अल-अवाल पार्क स्टेडियममा शुक्रबार राति भएको खेलमा अल-नासर ३-० ले विजयी भयो । खेलको १३औँ मिनेटमा सामी अल नाजेईले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

    दोस्रो हाफको ७७औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दोब्बर पारे । ८०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

    जीतपछि अल-नासर ३४ अंकसहित तालिकाको दोस्रो स्थानमा कायम छ। अल-नासरले १४ खेल खेलेको छ । एक खेल कम खेलेको अल-हिलाल ३५ अंकसहित शीर्ष स्थानमा छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया