• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    तिहार र छठपछि खुलेको सेयर बजारमा ८ अंकको वृद्धि, कतिको भयो कारोबार ?

    1.2K
    SHARES



    काठमाडौँ । तिहार र छठपछि खुलेको सेयर बजारमा  नेप्से सूचक पहिलो हप्ता ८ अंकले बढेको छ ।

    छठपछि मङ्सिर ४ गते (सोमबार) देखि मङ्सिर ७ गते (बिहीबार) सम्म जम्मा ४ दिन खुलेको बजारमा नेप्से सूचक ८.१२ अंकले बढ्दै १८ सय ६०.२० अंकमा उक्लिएको हो ।

    तिहारअघि अन्तिम कारोबार दिन कात्तिक २३ गते ११.८५ अंकले नेप्से सूचक घट्दै १८ सय ५२.०८ अंकमा अड्किएको थियो ।

    त्यसयता १० दिन बन्द रहेको सेयर बजार सोमबारबाट मात्र खुलेको हो । चारदिन खुलेको बजारमा एकदिन मङ्गलवार (२३.८२ अंक) बाहेक तीन दिननै नेप्से सूचक बढेको छ ।

    ८.१२ अंकले नेप्से बढेको यससाता ४ अर्ब २८ करोड १५ लाख ६ हजार बराबरको सेयर कारोबार भएको छ । मार्केट क्यापिटलाइजेशन भने  १५ करोडले बढेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ