• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

ब्राजिलमाथि अर्जेन्टिनाको जित

3.6K
SHARES



काठमाडौँ । विश्वकप छनोटमा ब्राजिल आफ्नै घरेलु मैदानमा अर्जेन्टिनासँग पराजित भएको छ । बुधबार भएको खेलमा अर्जेन्टिना १-० गोलले विजयी बनेको हो ।

खेलमा निकोलास ओटामेन्डीले ६३ औँ मिनेटमा एक मात्र गोल निर्णायक बन्यो । विश्वकप छनोटमा घरेलु मैदानमा ब्राजिल पराजित भएको यो पहिलो पटक हो । यसअघिका ६४ खेलमा ब्राजिल ५१ खेलमा विजयी र १३ खेलमा बराबरीमा रोकिएको थियो ।

यसअघि माकाराना रंगशालामा समर्थक र प्रहरीबिच झडप भएपछि खेल ३० मिनेट ढिला सुरु भएको थियो । पराजयसँगै ब्राजिल ६ खेलपछि अङ्क तालिकाको छैटौँ स्थानमा खस्किएको छ । ६ खेलबाट टोलीको मात्र ७ अङ्क रहेको छ । अर्जेन्टिना भने समान खेलबाट १५ अङ्क बटुल्दै शीर्ष स्थानमा छ ।

अन्य खेलमा कोलम्बियाले पाराग्वेलाई १-० गोलले हरायो भने इक्वेडरले पनि चिलीलाई समान गोल अन्तरले पराजित गर्‍यो । उरुग्वेले बोलिभियालाई ३-० ले हराउँदा पेरु र भेनेजुएलाले १-१ गोलको बराबरी खेलेका हुन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ