• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    अर्जेन्टिना र ब्राजिलका समर्थकबीच झडप भएपछि…

    2.3K
    SHARES



    काठमाण्डौ । विश्वकप छनोट सन् २०२६ अन्तर्गत अर्जेन्टिना र ब्राजिलबीच आजको खेल शुरु हुनुअघि दुई देशका समर्थकबीच झडप भएको छ । समर्थकबीच मैदानमा नै झडप भएपछि बिहान रियो दि जेनेरियोको माराकाना रङ्गशालामा केहीबेर खेल रोकिएको थियो ।

    नेपाली समय अनुसार बिहान सवा ६ बजे शुरु हुनुपर्ने खेल तनावका कारण आधा घण्टा रोकिएको थियो । दुवै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिए लगत्तै समर्थकबीच कुटाकुट हुँदा रङ्गशाला केही बेर तनावग्रस्त बनेको थियो ।

    अवस्था शान्त भएपछि अहिले खेलको दोस्रो हाफ चलिरहेको छ । ६३ औँ मिनेटमा अर्जेन्टिना एक गोलले अगाडि छ । खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया