• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

भारतले विश्वकपको फाइनलमा हारेपछि हृदयाघातका कारण समर्थकको मृत्यु

4.3K
SHARES



काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतीय टोली बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग पराजित भएपछि एक भारतीय समर्थकको हृदयाघातका कारण मृत्यु भएको छ ।

अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति खेलिएको फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले कीर्तिमानी रूपमा छैटौँपटक एकदिवसीय विश्वकपको उपाधि चुमेको थियो ।

यसपटक घरेलु मैदानमा भारतले एकदिवसीय विश्वकपको उपाधि जित्नेमा भारतीय समर्थकहरू बढी नै आशावादी थिए । भारतीय टोली प्रारम्भिक चरणमा आफूले खेलेका नौवटै खेल जित्दै सेमिफाइनलमा पुगेकाले पनि भारतीय समर्थक समर्थक उपाधिप्रति बढी नै आश्वस्त देखिएका थिए ।

त्यसमाथि भारतीय टोलीले सेमिफाइनलमा पनि साविक उपविजेता राष्ट्र न्युजिल्यान्डलाई निरीह बनाएको थियो । यसका अतिरिक्त प्रतियोगिताको प्रारम्भिक चरणमा एकपटक भारतले अस्ट्रेलियालाई ठूलोअन्तरले पराजयको स्वाद चखाइसकेको थियो ।

तर, फाइनलमा अप्रत्याशित रूपमा अस्ट्रेलियाले आफ्नो टोलीलाई हराएपछि हृदयाघातका कारण आन्ध्र प्रदेशको तिरुपति जिल्लामा एक समर्थकको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, ३२ वर्षीय ज्योतिस कुमार यादवको हृदयाघातका कारण निधन भएको हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ