• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली खेलकुद

    खेलाडीलाई मासिक ५ हजार भत्ता दिने कर्णाली सरकारको निर्णय

    2.4K
    SHARES



    काठमाडौं । कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुदका लागि प्रदेशबाट छनोटमा परेका खेलाडीलाई मासिक भत्ता दिने भएको छ ।

    कर्णाली प्रदेश सरकारले दशौं राष्ट्रिय खेलकुदका लागि प्रदेश छनोटमा परेका खेलाडीलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

    कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुदमा दोहोरो पदक जित्ने लक्ष्य सहित तयारीलाई अघि बढाएको छ । प्रदेश सरकारले क श्रेणीमा परेका एथलेटिक्स, उसु, आइटीएफ, कराँते र तेक्वान्दो खेलका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

    कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्जयालले खेलाडीलाई दैनिक प्रशिक्षणमा सहयोग पुर्याउने उद्धेश्यले खाजा खर्च स्वरुप भत्ताको व्यवस्था गरेको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया