काठमाण्डाै। सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको छ ।
तोलामा पाँच सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको १ लाख १६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, आधुनिक स्मार्टफोनमा कनेक्टिभिटीका थुप्रै विकल्प छन् । विशेषगरी ब्लुटुथ, वाई-फाई, फोरजी, फाइभजी जस्ता सेवामार्फत डिभाइसलाई विभिन्न तरिकाले कनेक्ट गर्न सकिन्छ ।
तर सबै अवस्थामा डिभाइसलाई यी फिचर मार्फत कनेक्ट गर्न सकिन्छ भन्ने हुँदैन । सामान्यतः कुनै नयाँ डिभाइसमा आफ्नो डिभाइस पेयर गर्न प्रक्रियामा अभ्यस्त नभएका प्रयोगकर्ताका लागि डिभाइस पेयर गर्ने काम जटिल हुन सक्छ ।
उदाहरणका लागि मान्नु होस् तपाईंले नयाँ एयरबड खरिद गर्नुभयो, तर त्यसलाई आफ्नो स्मार्टफोनमा कनेक्ट गर्न सक्नु भएन ।
यस्तो अवस्थामा ब्लुटुथ लो इनर्जी (बीएलई) प्रयोग गरी सहजै एक अर्को डिभाइसमा कनेक्ट गर्न सघाउने फिचर हो, गुगल फास्ट पयेर सर्भिस ।
प्रतिक्रिया