• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विज्ञान-प्रविधि

    च्याटजीपीटी निर्माता ओपन एआईका पूर्व सीईओ माइक्रोसफ्टमा भर्ती

    2K
    SHARES



    काठमाडौं । ओपन एआईका सीईओ साम अल्टम्यान र सहसंस्थापक जर्ज ब्रोकम्यानलाई माइक्रोसफ्टले भर्ना गर्ने भएको छ ।

    अल्टम्यान शुक्रवार माात्रै ओपन एआईबाट बर्खास्तीमा परेका थिए । त्यस लगत्तै बोर्डले भनेको थियो, “ओपन एआईको नेतृत्व दिनसक्ने उनको क्षमतामा अब विश्वास छैन ।”

    अल्टम्यानलाई ओपन एआईमा फिर्ता ल्याउने सप्ताहन्तको प्रयास पश्चात् माइक्रोसफ्टका सीई‌ओ सत्या नादेल्लाले साम अल्टम्यान र जर्ज ब्रोकम्यान माइक्रोसफ्टको नयाँ आधुनिक एआई अनुसन्धान टिममा आवद्ध हुने घोषणा गरेका हुन् ।

    “साम अल्टम्यान र जर्ज ब्रोकम्यान दुवैले सहकर्मीको रूपमा नयाँ अत्याधुनिक एआई अनुसन्धान टिमलाई नेतृत्व दिन माइक्रोसफ्टमा आवद्ध हुने समाचार साझा गर्न पाउँदा अत्यन्तै उत्साहित छ,” नादेल्लाले भनेका छन् ।

    “उहाँहरूको सफलताका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन हामीले तत्कालै कदम चाल्ने छौं ।” यसअघि ट्वीटरको नामले परिचित एक्समा नादेल्लालाई उद्धृत गर्दै आफू माइक्रोसफ्टमा आबद्ध हुन लागेको स्वीकार गरेका छन्, “लक्ष्य जारी रहनेछ ।”

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया