• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

3.4K
SHARES



काठमाडौं । भारतीय ब्याट्सम्यान विराट कोहली एक दिवसीय विश्वकप २०२३ को ‘प्लेअफ अफ दी टुर्नामेन्ट’ घोषित भएका छन् ।

आईतबार सम्पन्न प्रतियोगितामा उपविजेता बनेको भारतीय टिमका कोहली प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

कोहलीले यस विश्वकपमा ११ इनिङ्समा ७ सय ६५ रन बनाएका थिए । उनी विश्वकपको एकै संस्करणमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । उनले औसत ९५ दशमलव ६२ रह्यो । स्ट्राइक रेट ९० दशमलव ३ रहेको छ ।

भारतका पूर्व कप्तान समेत रहेका कोहलीले यस विश्वकपमा ६ पटक ५० भन्दा बढी रन कटाए । फाइनलमा उनको ६३ रनको शानदार अर्धशतक समेत सामेल छ ।

३५ वर्षका कोहलीले यस विश्वकपमा सचिन तेन्दुलकरको नाममा रहेको ४९ एकदिवसीय शतकको र्कीिर्तमान समेत तोडेका छन् । उनले एकदिवसीय क्रिकेटमा ५० शतक प्रहार गरेका छन् ।

कोहलीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेपनि भारतलाई उपाधि जिताउन भने सकेनन् । भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ