• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    विश्वकप क्रिकेट- भारतविरूद्ध हेडको शतक

    1.5K
    SHARES



    काठमाडौँ। आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्न घरेलु टिम भारतले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि ओपनिङ ब्याट्सम्यान त्रविस हेडले शतक पूरा गरेका छन् ।

    उनले ९५ बलमा १४ चौका र १ छक्काको मद्दतमा शतक पूरा गरे। उनले ३५.५ ओभरमा शतक पूरा गर्दा अस्ट्रेलियाले ३ विकेटको क्षतिमा १८५ रन जोडेको थियो। उनले मार्नस लबुसेनसँग १४४ रनको साझेदारी गरिसकेका छन् ।

    यसअघि खराब सुरुवात गरेको अस्ट्रेलियाले ७ ओभरभित्र ३ विकेट गुमाएको थियो। ओपनर डेभिड वार्नर दोस्रो ओभरमा ७ रनमा खेलिरहदा मोहमद सामीको बलमा आउट भए ।

    मिचेल मार्स १५ रनमा जसप्रित बुमराहको बलमा आउट हुँदा स्टेभिन स्मिथ सातौं ओभरको अन्तिम बलमा ४ रन बनाएर खेलिरहदा बुमराहकै एलबिडब्लूको धरापमा परे। अस्ट्रेलियाले पावर प्लेको १० ओभरमा ३ विकेटको क्षतिमा ६० रन जोडेको थियो।

    त्यसअघि भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले अन्तिम बलमा अलआउट हुँदा २४० रन जोड्यो ।

    भारतका लागि केएल राहुल र विराट कोहलीले अर्धशकतक प्रहार गरे। केएल राहुलले ६६ रन बनाएर आउट हुनुअघि १०७ बलमा १ चौका मात्र प्रहार गर्न सके।

    विराट कोहलीले ५४ रन बनाए। अस्ट्रेलियाका कप्तान पाट कमिन्सले २८.३ ओभरमा आउट गर्नु गर्नुअघि उनले ६३ बलमा ४ चौका हिर्काए।

    भारतले १० ओभरपछि ९७ बल खेलेपछि मात्र बाउन्ड्री प्रहार गर्दा रनरेट घटेको थियो। दशौं ओभरपछि भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए।

    भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भएका थिए। उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराए ।

    दशौं ओभरको चौथो बलमा भारतका ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। उनलाई म्याक्सवेलले त्रविस हेडबाट क्याच गराए ।

    उनले आउट हुनुअघि ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। अर्को ओभरमा कप्तान पाट कमिन्सले श्रेयष अय्यरलाई ४ रनमा आउट गरेपछि भारत दबाबमा आएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया