• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    एकदिवसीय विश्वकप- विराट कोहली आउट

    2.4K
    SHARES



    काठमाडौँ। आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अहिले घरेलु टिम भारत र अस्ट्रेलियाबीच खेल भइरहेको छ ।

    भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले दुवै ओपनरसहित ४ विकेट गुमाएको छ ।

    चौथो विकेटको रुपमा विराट कोहली ५४ रन बनाएर आउट भएका छन् । उनलाई अस्ट्रेलियाका कप्तान पाट कमिन्सले २८.३ ओभरमा आउट गरे। त्यतिबेला भारतले ४ विकेटको क्षतिमा १४८ रन जोडेको थियो ।

    भारतले १० ओभरपछि बाउन्ड्री प्रहार गर्न सकेको थिएन । ९७ बलपछि बाउन्ड्री प्रहार गर्ने क्रममा भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए ।

    अहिले राहुल र रविन्द्र जडेजा ब्याटिङ गरिरहेका छन् । भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भए। उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराए।

    दशौं ओभरको चौथो बलमा ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। उनलाई म्याक्सवेलले त्रविस हेडबाट क्याच गराए। उनले आउट हुनुअघि ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

    अर्को ओभरमा कप्तान पास कमिन्सले भारतका श्रेयष अय्यरलाई ४ रनमा आउट गरे। भारतले तेस्रो विकेट गुमाउँदा १०.२ ओभरमा ८१ रन जोडेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया