• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    पोथी सार्क माछाले भालेसँगको संसर्गबिनै बच्चा पैदा गरेपछि…

    5.7K
    SHARES



    काठमाडौँ। अमेरिकाको शिकागोस्थित इलिनोयमा रहेको ब्रुकफिल्ड चिडियाखानामा रहको एक पोथी सार्क माछाको बच्चा जन्मिएको छ ।

    चिडियाखानामा रहेको एपुलेट सार्क माछाको वंश वृद्धि हुनु खुसीको कुरा हो । तर निकै आश्चर्यको कुरा त के भने उक्त पोथी सार्कले कुनै भालेसँग संसर्ग नगरीकनै बच्चा पैदा गरेको छ ।

    सो पोथी सार्क पछिल्लो चार वर्षदेखि एक्लै रहेको छ र ऊसँग सम्बन्ध कायम गर्नका लागि त्यहाँ कुनै भाले सार्क छैन ।

    चिडियाखानाका अनुसार त्यहाँ कुनै पनि पोथी जीवले भालेबिनै यसरी आफ्नो बच्चा पैदा गरेको यो दोस्रो घटना हो । यो प्रक्रियालाई भर्जिन बर्थ अर्थात् कुमारी जन्म भनिन्छ । त्यसक्रममा सार्क माछाले पाँच महिनासम्म गर्भधारण गरेर गत अगष्टमा बच्चालाई जन्म दिएको हो ।

    चिडियाखानाका कर्मचारीहरुले सार्कको बच्चालाई दुई महिनासम्म सार्वजनिक प्रदर्शनमा राखेका थिएनन् र उसको स्वास्थ्य जाँच भैरहेको थियो । अन्ततः चिडियाखानाले ५.६ इन्च लामो उक्त बच्चा सार्कलाई सार्वजनिक प्रदर्शनमा राखेको छ ।

    स्मरण रहोस् कतिपय जीवका प्रजातिहरुमा पोथीहरुले भालेको शुक्राणु बिनै गर्भधारण गरी बच्चा जन्माउँछन् जसलाई भर्जिन बर्थ भनिन्छ । वैज्ञानिक भाषामा यसलाई पार्थेनोजेनेसिस भनिन्छ ।

    तर सार्क जस्ता ढाड भएका जीवका लागि कुमारी जन्म एक दुर्लभ घटना हो । वास्तवमा आफैंले एक्लै बच्चा पैदा गर्ने दुर्लभ क्षमता निकै कम जीवहरुमा हुन्छ । कतिपय चराहरु, सार्क, माउसुली तथा सर्प जस्ता जीवहरु जब वर्षौंदेखि एक्लै बस्नुपर्छ र भालेसँगै संसर्ग गर्न पाउँदैनन् तब ती पोथीहरुले भालेसँगको संसर्ग बिनै बच्चा जन्माउँछन् ।

    तर स्तनधारी जीवहरुमा भने भर्जिन बर्थको क्षमता हुँदैन । किनकि यसका लागि विशेष खालको जिन आवश्यक हुन्छ जुन पुरुषको शुक्राणुसँग मेल खान्छ ।

    ब्रुकफिल्ड चिडियाखानामा सन् २०१९ मा उक्त पोथी सार्कलाई ल्याइएको थियो । त्यहाँ उसलाई कुनै भालेसँग नराखी एक्लै राखिएको थियो । उसले आफ्नो यौनिक प्रौढता परिपक्वता हासिल गरेसँगै हरेक महिना दुईदेखि चारवटा सम्म अण्डा दिन सुरु गरेको थियो । गत अगष्टमा त्यसमध्ये एउटा अण्डा विकसित भयो र सबैलाई आश्चर्यमा पार्दै अण्डाबाट सार्कको बच्चा पैदा भयो । यो निकै दुर्लभ घटना हो किनकि भालेको शुक्रकिटबाट निषेचित भएको अण्डाबाट बच्चा जन्मिंदैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ