• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    अस्ट्रेलियाले टस जित्यो, भारतले पहिले ब्याटिङ गर्ने

    1.4K
    SHARES



    काठमाडौँ। आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दैछन् ।

    अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे सुरू हुने खेलमा अस्ट्रेलियाले टस जितेको छ । अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्नेछ ।

    सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा भेट पक्का गरेका थिए ।

    जारी विश्वकपको लिग चरणमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो। यसपालि उच्च लयमा देखिएको भारत अहिलेसम्म अपराजित छ ।

    अस्ट्रेलिया लिग चरणमा २ खेल हारेपछि लयमा फर्किएको थियो। सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउन उसले कडा मेहनत गर्नुपरेको थियो ।

    विश्वकपको इतिहासले भारतभन्दा अस्ट्रेलिया बलियो देखाउँछ । अस्ट्रेलियाले आठौंपटक विश्वकपको फाइनल खेल्न लागेको हो भने उसले पाँच पटक यो ट्रफी जितेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ