• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    महिला टी-२० सिरिज- नेपालले जापानलाई दियो १ सय १४ रनको लक्ष्य

    1.4K
    SHARES



    काठमाडौँ। हङकङमा जारी महिला टी-२० सिरिजमा नेपालले जापानलाई १ सय १४ रनको लक्ष्य दिएको छ ।

    हङकङ क्रिकेट क्लबको मैदानमा शनिबार बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा १ सय १३ रन बनाएको हो ।

    नेपालका लागि काजल श्रेष्ठले नटआउट १५ रन बनाइन् । त्यसअघि रूबिना क्षेत्रीले ३८ रन बनाइन् । उनले ३२ बलमा ५ चौका प्रहार गरिन् ।

    त्यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा २ चौका हान्दै २७ रन जोडिन् । ओपनर पुजा महतोले १३ रन बनाउँदा सीता रानामगरले ९ रनको योगदान गरिन् ।

    बलिङतर्फ जापानकी एलिना कुसुदा क्वीनले २ विकेट तथा मेग ओगावा र अयुमी फुजिकावाले १-१ विकेट लिइन् ।

    लिगको दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ । सिरिजको उपाधिका लागि आयोजक हङकङ र तान्जानिया खेल्दा तेस्रो स्थानका लागि नेपालले पुनः जापानसँगै खेल्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ