• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    सन् २०२३ को गोल्डन ब्वाई अवार्ड बेलिङह्यामलाई

    1.1K
    SHARES



    काठमाडौँ । इंग्ल्याण्ड र रियल मड्रिडका फरवार्ड जुड बेलिङह्यामले सन् २०२३ को गोल्डन ब्वाई अवार्ड पाएका छन् ।

    यो अवार्ड युरोपको शीर्ष लिगमा खेल्ने २१ वर्षभन्दा कम उमेरका खेलाडीलाई दिइन्छ । कोलम्बिया र रियल मड्रिडकी १८ वर्षीया फरवार्ड लिन्डा काइसेडोले गोल्डन गर्लको उपाधि हात पारिन् ।

    २० वर्षीय बेलिङह्यामले यो सिजन बोरुसिया डर्टमण्डबाट रियल आएयता १४ खेलमा १३ गोल गरिसकेका छन् । गत अक्टोबरमा आयोजित बोलोन डी’ओरमा पनि उनी २१ वर्षभन्दा कम उमेरका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

    सन् २०१४ मा राहिम स्टर्लिङले पछि यो अवार्ड हात पार्ने उनी पहिलो इंग्ल्सि खेलाडी हुन् । यो अवार्ड जित्ने अन्य खेलाडीमा वेयन रुनी, लियोनेल मेस्सी, किलियान एम्बाप्पे र अर्लिङ हालान्ड रहेका छन् ।

    म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डले गोल्डन प्लेयर म्यान अवार्ड हात पारे । २२ वर्षीय खेलाडीले प्रिमियर लिगको पहिलो सिजनमा ५३ खेलमा ५२ गोल गरेका थिए । त्यस्तै, बार्सिलोना र स्पेनका मिडफिल्डर एईटाना बोनमाटीले गोल्डन प्लेयर वुमन अवार्ड जितिन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ