• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    बाबर आजमले पाकिस्तान राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट दिए राजीनामा

    2.5K
    SHARES



    काठमाडौँ। पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले राजीनामा दिएका छन् ।

    बुधबार आजामले सामाजिक सञ्जालमार्फत् आफूले पाकिस्तानको टेस्ट, एकदिवसीय र टी-२० टिमको कप्तान पद त्यागेको घोषणा गरेका हुन् ।

    भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शन पछि आजमको आलोचना भएको थियो। कतिपय आलोचकले उनको राजीनामा समेत मागेका थिए ।

    विश्वकपको सेमिफाइनल पुग्न नसकेको पाकिस्तानले समूह चरणमा ९ खेल मध्ये ४ खेलमा मात्र जित निकालेको थियो ।

    बाबरले विश्वकपमा नौ खेलमा ३ सय २० रन बनाएका थिए। पाकिस्तानका लागि तेस्रो उच्च रन बनाएका उनको ४० को औसत र ८२.९० को स्ट्राइक रेट थियो ।

    उनलाई २०१९ मा पाकिस्तानको कप्तानको जिम्मेवारी दिइएको थियो । उनी पछिल्लो समय एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा रहे पनि यसै महिना भारतका शुभमन गिलले पछि पारेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ