• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

तान्जानियाले नेपाललाई दियो एक सय १६ रनको लक्ष्य

3.4K
SHARES



काठमाण्डौ। चार देशीय महिला टी-२० शृङ्खलामा तान्जानियाले नेपाललाई जितका लागि १ सय १६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनायो । उसका लागि हुडा ओमारीले सर्वाधिक २५ रन बनाइन् ।

बलिङतर्फ नेपालका संगिता राईले दुई तथा पुजा महतो, रुविना क्षेत्री र इन्दु बर्माले समन  १-१ विकेट लिए । नेपालले पहिलो पटक तान्जानियासँग खेलिरहेको हो । महिला टी-२० को विश्व वरियतामा तान्जानिया १९ औँ र नेपाल २१ औँ स्थानमा रहेका छन् ।

नेपालले यसै शृङखलाबाट कप्तान परिवर्तन गरेर इन्दु बर्मालाई जिम्मेवारी दिएको छ । हङकङले आयोजना गरेको श्रृंखलामा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया रहेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ