• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    पाकिस्तानका बलिङ प्रशिक्षक मोर्केलले दिए राजीनामा

    1K
    SHARES



    काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका बलिङ प्रशिक्षक मोर्ने मोर्केलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

    पाकिस्तानी टोली भारतमा जारी आईसीसी एक दिवसीय विश्वकपको प्रारम्भिक चरणबाट बाहिरिएसँगै उनले पदबाट राजीनामा दिएका हुन् ।

    पाकिस्तानी टोली जारी विश्वकपको प्रारम्भिक चरणको आफ्नो अन्तिम खेलमा पनि साबिक विजेता इङ्गल्यान्डसँग ९३ रनले पराजित भएको थियो । त्यसको दुई दिनपछि ३९ वर्षीय मोर्केलले पदबाट राजीनामा दिएका हुन् ।

    पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि मोर्केलले राजीनामा दिएको समाचारको पुष्टि गरेको छ । मोर्केलले विश्वकपमा पाकिस्तानी टोलीको हारको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिइएको उक्त्त समाचारमा भनिएको छ ।

    मोर्केलले पाकिस्तानी टोलीमा रहेर तिब्रगतिका बलरहरूलाई प्रशिक्षण दिँदै आएका थिए । दक्षिण अफ्रिकाका पूर्व खेलाडी मोर्केलले पाकिस्तान क्रिकेट बोर्डसँग गत जुनमा ६ महिनाका लागि सम्झौता गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ