• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    लक्ष्मीपूजा गर्ने क्रममा कपडामा आगो सल्किए ८३ वर्षीया वृद्धाकाे मृत्यु

    2K
    SHARES



    काठमाण्डाै । भक्तपुरमा हिजाे लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा ८३ वर्षीया वृद्धाकाे ज्यान गएकाे छ ।

    आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी हुँदा मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीकी ८३ वर्षीया सावित्रीदेवी दाहालको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रहरीका अनुसार हिजो बेलुका साढे पाँच बजे पूजा गर्ने क्रममा दाहालको कपडामा आगो सल्किएको थियो ।

    उता सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका-१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

    गए राति लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी-१ स्थित लिला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । आगलागीबाट राईको घर पूर्णरुपमा नष्ट भए पनि मानवीय क्षति भने भएको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ