• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हरायो

3K
SHARES



काठमाण्डौ। एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको छ ।

बंगलादेशले दिएको ३ सय ७ रनको लक्ष्य अष्ट्रेलियाले ३२ बल अघि नै जम्मा २ विकेट गुमाएर भेटायो । उसका मिचेल मार्सले नटआउट १ सय ७७ र स्टेभिन स्मिथले ६३ रन बनाए । डेविड वार्नर ५३ र ट्रेभिस हेड १० रनमा आउट भए ।

बंगलादेशका तस्किन अहमद र मुस्ताफिजुर रहमानले एक एक विकेट लिए । आजको हारपछि पनि बंगलादेशको शीर्ष आठ भित्र रहेर च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कायमै छ ।

यसअघि पुनेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन बनायो । उसका लागि ताहिद ह्रोदीले ७४ तथा नजमुल होसाइन शान्तोले ४५ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका सीन अबोट र एडम जाम्पाले २/२ विकेट लिए । अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । उसले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने भएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ