• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    बंगलादेशद्वारा अष्ट्रेलियालाई ३ सय ७ रनको लक्ष्य

    1.7K
    SHARES



    काठमाण्डौ। आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अष्ट्रेलियालाई ३ सय ७ रनको लक्ष्य दिएको छ ।

    पुनेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन बनायो । उसका लागि ताहिद ह्रोदीले ७४ तथा नजमुल होसाइन शान्तोले ४५ रन बनाए ।

    बलिङतर्फ अष्ट्रेलियाका सीन अबोट र एडम जाम्पाले २-२ विकेट लिए । अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । उसले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएको छ । यो खेलको नतिजाले अष्ट्रेलियालाई कुनै फरक पर्ने छैन ।

    तर बंगलादेशका लागि सन् २०२५ को च्याम्पियन्स ट्रफीमा छनौट हुन यो खेलमा जित आवश्यक छ । बंगलादेश आठौँ स्थानमा रहेको छ ।

    आजै भइरहेको अर्को खेलमा पाकिस्तानसँग इंग्ल्याण्डले पहिले ब्याटिङ गरिरहेको छ । कोलकातामा इंग्ल्याण्डले टस जितेर ब्याटिङ गरिरहेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ