• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

गिलक्रिस्ट र सरफराजको कीर्तिमान डी ककद्वारा बराबरी

3.1K
SHARES



काठमाडौँ। दक्षिण अफ्रिकाका विकेटकिपर क्वीन्टन डी ककले आईसीसी विश्वकप क्रिकेटको एक खेलमा सबैभन्दा धेरै खेलाडी आउट गर्ने कीर्तिमान बराबरी गरेका छन् ।

शुक्रबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा अफगानिस्तानविरुद्ध यो उपलब्धि हात परेका हुन् । दक्षिण अफ्रिकाले खेलमा लिएको अफगानिस्तानका १० मध्ये ६ वटा विकेटमा डी कक सामेल थिए । उनले ६ वटै क्याच लिएका थिए ।

अस्ट्रेलियाका एडम गिलक्रिस्ट र पाकिस्तानका सरफराज अहमदपछि यस्तो उपलब्धि हासिल गर्ने उनी तेस्रो विकेटकिपर बने ।

उनले इब्राहिम जादरान, हसमतुल्लाह शाहीदी, इक्राम अलिखिल, मोहम्मद नाबी, रासिद खान र नुरु अहमदलाई आफ्नो शिकार बनाएका थिए । यसअघि गिलक्रिस्टले सन् २००३ को विश्वकपमा नामिबियाविरुद्ध र सरफराजले सन् २०१५ मा दक्षिण अफ्रिकाविरुद्ध ६ वटा खेलाडी आउट गरेका थिए ।

यस्तै, एकदिवसीय विश्वकप क्रिकेटमा हिजो शुक्रबार साउथ अफ्रिकाले अफगानिस्तानविरुद्ध ५ विकेटको जित निकालेको थियो ।

अहमदाबादमाको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा अफगानिस्तानले साउथ अफ्रिकालाई जितका लागि २ सय ४५ रनको लक्ष्य दिएको थियो । जसमा १५ बल बाँकी छँदै साउथ अफ्रिकाले जित हासिल गरेको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ