• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    नेपालले यू-१९ एसिया कपको समूह चरणमा भारत र पाकिस्तानसँग खेल्ने

    2K
    SHARES



    काठमाडौँ । यू-१९ एसिया कप २०२३ को खेल तालिका सार्वजनिक गरिएको छ। एसियन क्रिकेट काउन्सिल (एसिसी) का अनुसार नेपाल समूह ‘ए’ मा परेको छ। नेपालसहित समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। अर्को समूहमा बंगलादेश, श्रीलंका, युएई र जापान छन्।

    नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर २२ मा दुबईको आइसिसी एकेडेमी ओभल-२ मा खेल्नेछ। दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ। समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्।

    फाइनल पुस १ मा हुनेछ। नेपालले सन् २०२४ को जनावरीमा श्रीलंकमा यू-१९ विश्वकप खेल्दैछ। त्यसअघि नेपालले एसिया कप खेल्न लागेको हो। नेपालले यसअघि मलेसियामा भएको एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ