• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    यूएईलाई १९ रनले हराउँदै नेपालले जित्यो यू-१९ प्रिमियर कपको उपाधि

    3.6K
    SHARES



    काठमाडौं । नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो । तर, खेल वर्षाका कारण प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।उक्त लक्ष्य पछ्याउने क्रममा यूएईका ध्रुव परशरले ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिन किरण राईले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

    नेपालका बलर आकाश त्रिपाठीले ४, सुवाश भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामी एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो ।

    नेपालको सुरुवात भने खराब थियो, १४ रन जोड्दा २ विकेट गुमाएको नेपालका लागि खनालले कप्तानी पारी खेले । उनले तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए । त्यसपछि उत्तम थापा मगरसँग ४५ रनको साझेदारी गरेका खनाल शतक बनाएर आउट भए ।

    उनले ९० बलमा शतक रन पूरा गरेका थिए । थप दुई बल सामाना गरेका उनी १०० रनमै आउट भए । उत्तमले पनि अर्धशतकपूपुरा गरे । पाँचौं विकेटका लागि दिपकप्रसाद डुम्रेसँग ५८ रनको साझेदारी गरेका उत्तम ५३ रनमा आउट भए । यूएईका हरित शेट्टीले पनि विकेट लिए ।

    यूएईको पारीमा भने वर्षा भयो । २ ओभरमै वर्षा भएपछि प्रभावित भएको खेल केही समयमा पुन: सुरु भयो । तर, फेरि ११ ओभरमा वर्षा भएपछि प्रभावित भएको खेललाई २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो । च्याम्पियन बनेको नेपालसँगै यूएई यू-१९ एसिया कपमा छनोट भइसकेका छन् । तेस्रो भएको जापान पनि एसिया कपमा छनोट भएको छ । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ