• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा

    4.2K
    SHARES



    काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ ।

    एसिया कपको छनोटका रुपमा रहेको यू-१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र जापान भिडेका थिए । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा वर्षाले खेल रोकियो ।

    खेल रोकिनुअघि आकाश त्रिपाठी ३५ र कप्तान देव खनाल ८ रनमा क्रिजमा थिए । त्यसअघि दिपक बोहोराले ७९ र अर्जुन कुमालले १० रन बनाएका थिए । भारी वर्षापछि नेपालले थप ब्याटिङ गर्न पाएन । र डकवर्थ लुइस (डीएल) मेथडका आधारमा जापानले २५ ओभरमा १८७ रनको लक्ष्य पायो ।

    तर, नेपाली बलरले घातक बलिङ गरेपछि जापानले ४३ रन मात्र बनाउन सक्यो । ११.४ ओभरमा सुवास भण्डारीले यामामोतोको विकेट लिएपछि जापानका रतविक शिवकुमार ब्याटिङमा आएका थिए । एक बल सामना गरेका उनले ब्याटिङलाई निरन्तरता दिन सकेनन् ।

    नेपालका लागि हेमन्त धामी र दिपेश कँडेलले तीन/तीन विकेट लिए भने सुवास भण्डारीले २ र आकाश चन्दले एक विकेट लिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ