• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    नेपालले टस जितेर हङकङविरुद्ध ब्याटिङ गर्दै

    3.3K
    SHARES



    काठमाडौं । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजको तेस्रो खेलमा नेपालले आज हङकङविरुद्ध ब्याटिङ गरिरहेको छ । टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । यसअघिका दुई खेल जितेको नेपाल यो खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिंदैछ ।

    यो खेल जिते नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ । यसै खेलबाट युवा फास्ट बलर प्रतिश जिशीले टी-२० आईमा डेब्यु गरेका छन् । अघिल्लो खेलमा हङकङविरुद्ध नै खेलेको टिममा केही परिवर्तन गर्दा प्रतिशले मौका पाएका हुन् ।उनी अविनाश बोहराको स्थानमा पहिलो रोजाइमा परेका हुन् ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य छनोटकर्ता तथा राष्ट्रिय टिमका पूर्वखेलाडी दीपेन्द्र चौधरीले प्रतिशलाई डेब्यु क्याप दिए । उनी नेपालका लागि टी-२० आई खेल्ने ४५ औं खेलाडी हुन् । नेपालका लागि प्रतिशले ओडीआईमा यसअघि नै डेब्यु गरिसकेका छन् ।

    उनले फेब्रुअरीमा पपुवा न्यु गिनीविरुद्ध विश्वकप लिग टु को खेलमा ओडीआईमा डेब्यु गरेका थिए । आजको खेलबाट स्पिनर ललित राजवंशी पनि टिममा फर्केका छन् । उनी फिट भएपछि प्लेइङ ११ मा परेका हुन् । यसअघि उनको ठाउँमा खेल्दै मौसम ढकालले डेब्यु गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ