• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    यूएईलाई हराउँदै नेपाल गर्यो सुखद सुरुवात

    4K
    SHARES



    काठमाडौं । यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतकसँगै १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

    ५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित १२९ रनको साझेदारी गर्दै जित दिलाए । पौडेल ५१ र ऐरी ३४ रनमा अविजित रहे । टस हारेर ब्याटिङ गरेकव यूएईले वसिल हमिदको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

    उसको सुरुवात खराब थियो । टी–२० अन्तर्राट्रियमा डेब्यू गरेका विकेट किपर खलिद शाह पहिलो ओभरको अन्तिम बलमा डक आउट भए भने अलिशान सराफू पनि मात्र ६ रनमा आउट भए । ५४ रन जोड्दा ४ विकेट गुमाएको यूएईको पारी र वसिल हमिदले सम्हाल्ने प्रयास गरे । दुबैले पाँचौं विकेटका लागि ५६ रनको साझेदारी गरे । नसिर ३२ रनमा आउट भए ।

    त्यसपछि पनि आक्रामक पारी खेलेका हमिदले अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि अर्धशतक पूरा गरे । ३६ बलमा ५० रन बनाएका उनले ५१ रनमा आउट भए । आसिफ खानले १२ रन बनाए भने अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । गुल्सन झाले २ र सोमपाल कामी र अविनाश बोहराले समान १–१ विकेट लिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ