• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्यालेस्टाइनमा हमला रोक्न माग गर्दै इजरायली दूतावासबाहिर क्रान्तिकारी कम्युनिष्ट पार्टीको प्रदर्शन

    1.8K
    SHARES



    काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै प्रदर्शन गरेको छ ।

    काठमाडौंस्थित इजरायली दूतावास अगाडि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले मंगलबार दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरुले इजरायल र अमेरिकाले प्यालेस्टाइनी जनतामाथि आतंक फैलाएको आरोप लगाएका छन् । प्रदर्शनकारीले प्यालेस्टाइनलाई युद्धबाट जोगाउन र प्यालेस्टाइनमा शान्ति कायम गर्न माग गरेका छन् ।

    दुई हप्ताअघि प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा बम हमला गरेको थियो । त्यसपछि इजरायलले हमासविरुद्ध युद्ध घोषणा गरेको छ र गाजा क्षेत्रमा लगातार आक्रमण गरिरहेको छ । आक्रमणबाट १० लाख भन्दा बढी मानिसहरु घरबार विहिन भएर बिस्थापित भएका छन्।

    त्यस्तै गाजा क्षेत्रका स्थानिय जनताका घरबास सबै आक्रमणबाट ध्वस्त भएका छन् भने त्यहाँ पानी बिजुली इन्धनलगायतका अत्यावश्यक सामाग्रीमाथि प्रतिबन्ध लगाएर अन्तराष्ट्रिय मानवीय कानुनको समेत उलंघन गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ