• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    विश्वकप छनोट- अर्जेन्टिनाको तेस्रो जित

    2.9K
    SHARES



    काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटमा अर्जेन्टिनाले लगातार तेस्रो जित हात पारेको छ । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेलाई १-० ले पराजित गरेको हो ।

    अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । त्यही अग्रता कायम राख्दै अर्जेन्टिनाले खेल जित्यो र ३ अंक जोड्न सफल भयो ।

    लगातार तेस्रो जितपछि अर्जेन्टिना ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । ब्राजिलको २ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । ब्राजिलले अहिले भेनेजुएलासँग खेलिरहेको छ ।

    छनोटकै अन्य खेलमा चिलीले पेरुलाई २-० ले, इक्वेडरले बोलिभियालाई २-१ ले हराउँदा कोल्मबिया र उरुग्वेले २-२ को बराबरी खेलेको छ ।

    कोलम्बिया ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ भने उरुग्वे र चिलीको समान ४ अंक छ र चौथो र पाँचौ स्थानमा रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ