• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    लगातार ४ दिनको गिरावटपछि ५.१६ अंकले बढ्यो नेप्से

    2.7K
    SHARES



    काठमाडौं । लगातार ४ कारोबार दिनसम्म घटेको सेयर बजारमा बुधबार केही सामान्य  सुधार देखिएको छ ।

    गत बिहीबारदेखि मंगलबारसम्म लगातार ४ कारोबार दिन नेप्सेमा गिरावट भएको थियो । गत बिहीबार नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा बढाएर व्यक्तिलाई १५ करोड र संस्थालाई २० करोड बनाएको थियो ।

    गत बिहीबार नै घटेको नेप्से आइतबारदेखि मंगलबारसम्म नै लगातार घट्यो । बुधबार भने ५.१६ अंकको सामान्य वृद्धि भएर १९९४.७६ को विन्दुमा बन्द भएको छ ।

    बुधबार उत्पादनमूलक, निर्जीवन बीमा र व्यापार बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । उत्पादनमूलक र व्यापार उपसूचक ०.१३ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक ०.०६ प्रतिशतले गिरावट भएको छ ।

    होटल तथा पर्यटन उपसूचक १.८० प्रतिशतले वृद्धि हुँदा म्युचुअल फन्ड उपसूचक १.०७ प्रतिशतले बढेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ