• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कमलबजार नगरपालिकामा ६ दिनदेखि ताला

    1.2K
    SHARES



    काठमाण्डाै। अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन ।

    पालिकाले जनजीविका केन्द्रित काम नगरेको, बजेट पारित हुन नसकेको तथा राजनीतिक दलहरुले उठाएका मागलाई सम्बोधन नगरेको भन्दै गएको १९ गते विभिन्न चार दलले पालिका कार्यालयमा ताला लगाएका थिए ।

    नेपाल कम्युनिस्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी मालेले संयुक्त रुपमा ताला लगाएका हुन् ।

    पालिकामा ताला लागेका कारण सेवाप्रवाह प्रभावित भएको छ भने सामाजिक सुरक्षा भत्ता वितरण, कर्मचारीको तलब निकासाजस्ता काम पनि हुन सकेका छैनन् ।

    ताला लागेको ६ दिन भइसक्दा पनि खुलाउन कुनै पहल नभएको गुनासो छ । तर मेयर यज्ञप्रसाद ढकालले ताला खुलाउन पहल गरिएको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ