• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    अब जिमेलमा आएको ईमेल पनि लाइक गर्न सकिने

    5.5K
    SHARES



    काठमाडौं । गुगलले जिमेल प्रयोगकर्ताका लागि इमोजी रियाक्सन फिचर सार्वजनिक गरेको छ ।

    बुधवार एक ब्लग मार्फत कम्पनीले जिमेलमा आएको ईमेलमा तत्कालै इमोजी रियाक्सन पठाउन सकिने फिचर सार्वजनिक गरेको घोषणा गरेको हो ।

    यो फिचर बुधवार घोषणा गरेसँगै गुगलले सुरुवाती चरणमा संसारभरका एन्ड्रोइड प्रयोगकर्तालाई उपलब्ध गराउन थालेको छ । त्यसपछिका केही महिनामा वेब तथा आईओएसमा उपलब्ध गराउने गुगलको भनाइ छ ।

    तपाईंको जिमेलमा यो फिचर उपलब्ध भयो भने आएको ईमेलको तलपट्टि एउटा स्माईलीको इमोजी आइकन देखिनेछ । तपाईंले सोही इमोजीमा क्लिक गर्नुभयो भने अन्य इमोजी देखिनेछन् । त्यसमध्ये ईमेल अनुसार आफूलाई उपयुक्त लागेको इमोजी पठाउन सक्नुहुनेछ ।

    अहिले जसरी फेसबुक, ह्वाट्सएप, टेलिग्राम, भाइबरमा आएका मेसेजलाई तत्कालै इमोजीमार्फत आफ्नो प्रतिक्रिया जनाउन पाइन्छ, त्यसरी नै जिमेलबाट पनि प्रतिक्रिया जनाउन सकिने बताइएको छ । त्यस्तै एक पटक ईमेलमा आफूले दिइसकेको रियाक्सन पुनः फिर्ता लिन पनि सकिन्छ ।

    यदि तपाईं जिमेल बाहेक अन्य कुनै ईमेल सेवा प्रयोग गर्नुहुन्छ भने त्यहाँ पनि जिमेल प्रयोगकर्ताले पठाएको इमोजी रियाक्सन देखिनेछ । तर यसमा केही सीमितता छन् ।

    विभिन्न स्कुल तथा कम्पनीको ईमेल अकाउन्टबाट रियाक्सन भने पठाउन सकिने छैन । त्यस्तै कुनै ईमेल २० ओटाभन्दा बढी प्रयोगकर्तालाई पठाइएको छ भने पनि रियाक्सन पठाउन सकिने छैन ।

    त्यस्तै कुनै एउटा ईमेलबाट आएको मेसेजमा प्रयोगकर्ताले २० ओटाभन्दा बढी इमोजी पठाएको छ भने पनि उसले अन्य मेसेजमा रियाक्सन इमोजी पठाउन सक्ने छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ