• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सशस्त्र प्रहरी कर्मचारीहरूले अब ६ महिना बढी काज बसेमा सबै अवसरबाट वञ्चित गरिने

    1.7K
    SHARES



    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी कर्मचारीहरूको लागि काज सम्बन्धी नयाँ मापदण्ड बनाएको छ । नयाँ मापदण्ड अनुसार अब ६ महिना भन्दा बढी काजमा बसेमा सबै अवसरबाट वञ्चित गराइने भएको छ ।

    मापदण्ड कार्यान्वयन गर्न देशभरका इकाईहरूलाई सोमबार परिपत्र गरेको सशस्त्र प्रहरी मुख्यालयका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । उनका अनुसार व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखी आफ्नो अनुकूल कार्यालयमा काज कार्यरत रहने प्रवृत्तिलाई निरुत्साहित गर्न काज सम्बन्धी नयाँ मापदण्ड तयार पारेको हो ।

    वास्तविक समस्या भएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई अधिकतम ६ महिना अवधिको लागि आफूलाई पायक पर्ने कार्यालयमा काजमा कार्यरत रहन निवेदन दिन सक्ने र उक्त समस्यालाई मध्यनजर गरी विभागले ६ महिना अवधिसम्म मात्र काज स्वीकृत गर्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ