• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    आइशरले ल्यायो “सोचेझैं दशैं तिहार, रोजेझैँ उपहारः सुनको बहार, बम्परमा कार” उपहार योजना

    1.4K
    SHARES

    काठमाडौँ । विगत ४० बर्षदेखि नेपालको ब्यवसायिक सवारीको क्षेत्रमा माइलेजको बादशाह भनिने आइशरले नेपालीहरुको महान चाड दशैं र तिहारको उल्लासमय माहोलमा आफ्ना ग्राहकहरुका लागि नयाँ आइशर गाडीको खरिद गर्दा रोजेर उपहार लिन पाइने रमाइलो योजनाको सुखद घोषणा गरेको छ ।

    ७० भन्दा बढी देशहरूमा फैलिएको आइशर, भोल्भो र आइशरको संयुक्त परियोजनामा बिबिध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ बिभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ, साथै हालसालै भएको बतास र एमएडब्लूको एकताले ब्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ टच पोइण्टस्को साथ देशै भर ब्यवसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ ।

    आफ्ना उपभोक्ताहरूसँग खुशी साटासाट गरि चाडपर्वको उत्सव मनाउँन BATAS MAW COMMERCIAL VEHICLE  (बी.एम.सी.वी.) ले दशैं तिहार स्कीमको घोषणा गरेको हो । यस योजना अन्तर्गत आइशर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाउँने अवसर प्रदान गर्ने भएको छ । यो योजनाको अन्त्यमा बम्पर उपहार अन्तर्गत एकजना भाग्यमानीले मिनी इभी कार पनि प्राप्त गर्नु हुनेछ ।

    उल्लेखित उपहारहरु बाहेक चालकलाई रू. पाँच लाख र रू. पच्चीस लाखको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइशरले प्रदान गर्नेछ ।
    यस दशैं तिहार योजनाको थप जानकारीको लागि नजिकैको ब्रान्च, डिलर तथा टच पोइण्ट वा ९८०२३११६४५ मा सम्पर्क गरेर बुझ्न सकिने छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ