• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    अर्थमन्त्री महत भन्छन्- शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ

    1.1K
    SHARES



    काठमाण्डाै । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताए ।

    सोमवार आज ललितपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौतीपूर्ण र जरुरी रहेको बताए । उनले अहिले शेयर मार्केट तल झर्नुमा अनुगमन र सूक्ष्म व्यस्थापनका केही समस्याहरु रहेको बताए ।

    उनले बिस्तारै शेयर बजार बढ्दै जाने दाबी समेत गरे । उनले शेयर बजारमा रहेको समस्या समाधानका लागि चाँडै नै उपाय खोज्ने बताए । उनले साना बचत कर्ताहरुको लगानी सुरक्षित गरेर जानुपर्ने आवश्यकता रहेको बताए ।

    मन्त्री महतले लगानी सुरक्षित गर्ने कुरामा कतिपय समयमा इन्साइडर ट्रेडिङका कुराहरु आउने र सूचना लिक हुने प्रवृत्तिहरु देखिएको भन्दै यसलाई निर्णायक हिसाबले दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ