• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    क्रान्तिकारी ट्रेड युनियन महासंघ भक्तपुरको एकता अधिवेशन सम्पन्न, १७ सदस्यीय जिल्ला कमिटी गठन

    1.4K
    SHARES



    काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ भक्तपुरको एकता अधिवेशन सम्पन्न भएको छ । महासंघका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ का संयोजक कुमार घतानीले मसाल बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । अधिवेशनले आकाशको संयोजकत्वमा १७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

    महासंघका जिल्ला इन्चार्ज बिशालको अध्यक्षता र जिल्ला सहसंयोजक क्षितिजको संचालनमा सम्पन्न एकता भेलामा जिल्ला संयोजक आकाशले स्वागत मन्तव्य राखेका थिए । भेलामा महासंघका केन्द्रीय सदस्य जिरामले शुभकामना मन्तव्य राख्दै श्रमजीवी मजदुर एकढिक्का भएर लागे मात्र मजदुरका माग पुरा हुने बताएका थिए । त्यस्तै महासंघका ३ नम्बर प्रदेश सह संयोजक सरोजले महासंघ केन्द्रको सर्कुलर वाचन गर्दै आफ्ना महत्वपूर्ण भनाई राखेका थिए ।

    त्यसैगरी कार्यक्रममा प्रमुख अतिथी महासंघका सचिवालय सदस्य तथा प्रदेश ३ का को संयोजक कुमारले मजदुरका समस्याहरु हल गर्न र जायज मागहरु पुरा गर्नका निम्ति महसंघले महत्वपुर्ण भुमिका खेल्ने बताउदै आफ्नो प्रतिबद्दता जाहेर गरेका थिए ।

    त्यसैगरि विशेष अथिती क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक सदस्य तथा भक्तपुर जिल्ला संयोजक रोजनले मजदुरको समस्या हल गर्न श्रमिक मजदुर सर्वहारा वर्गको अधिनायकत्व सहितको राज्यसत्ता चाहिने त्यसको लागि अहिलेको दलाल संसदीय पुजीवादी व्यवस्थाको अन्त्य गरि जनवादी गणतन्त्रसहितको बैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने र त्यो व्यवस्थाले मात्र शोषित उत्पीडित श्रमजीवी बर्गका मुद्दा हल गर्ने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने बताएका छन्।

    रोजनले क्रान्तिकारी बिचार बोकेका बुद्धिजीवी, श्रमजीवी मजदुर उत्पीडित जनसमुदाय सबैलाई पार्टीमा गोलबद्ध हुन आह्वान समेत गरेका छन् । राष्ट्रियताको विषयमा जोड दिदै एमसिसीको बुदा-बुदामा चर्चा गर्दै यो रास्ट्रघाती, जनघाती एमसिसी खारेज गर्नुको विकल्प नभएको उनले बताए । त्यसको लागि जनता एकढिक्का भएर संघर्षमा उत्रीनु पर्नेमा उनल जोड दिए ।

    त्यसै गरि पार्टी महाधिवेशन आयोजक समिति सदस्य तथा भक्तपुर जिल्ला सहसंयोजक बिवेकले गरिव र श्रमजीवी जनतामाथि शोषण, लुटपाट गर्ने श्रमजीवी मजदुरमाथि अन्याय अत्याचार गर्नेको विरुद्ध लड्ने एक मात्र सङगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ भएको बताएका छन् ।

    आफ्नो हकहितको लागि आवाज उठाउन मजदुरहरुले यस्तो सङ्गठनमा लाग्नुपर्नेमा विवेकको जोड थियो । अन्तमा कार्यक्रमका अध्यक्ष बिशालले कार्यक्रममा उपस्थित अतिथि, प्रमुख अतिथि सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया