• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ६० किलो सुन प्रकरण संलग्न प्रतिवादीको बयान सकियो, भोलिदेखि थुनछेक बहस हुने

    1.3K
    SHARES



    काठमाडौँ । तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ ।

    जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालका अनुसार प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको बयान सकिएको छ ।

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको हो । सुन प्रकरणमा बुधवारबाट थुनछेक बहस सुरु हुने सूचना अधिकारी दाहालले जानकारी दिए ।

    चिनियाँ नागरिकहरु याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङलाई सुन तस्करीमा संलग्न आरोपमा प्रतिवादी कायम गरिएको छ । टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेष्टुरेण्टका संचालक हुन् ।

    तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग, बेल्जियन नागरिक दावा छिरिङ, हर्कराज राई, भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका संचालक पुष्करराज भट्टसहित २६ जना प्रहरीको हिरासतमा छन् ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी कामय गरेर अदालतमा मुद्दा दायर गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ