• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    च्याटजीबीटीमा अब बोलेर कुराकानी गर्न सकिने

    5.4K
    SHARES



    काठमाडौं । च्याटजीबीटीमा अब आवाजको माध्यमबाट कुराकानी गर्न सकिने भएको छ । च्याटजीपीटीको मुख्य कम्पनी ओपनएआईले सोमबार एक ब्लग लेख्दै यसबारे जानकारी दिएको हो ।

    ओपनएआईका अनुसार अब च्याटजीपीटीले सुन्न, बोल्न र देख्न सक्नेछ । अमेजनको एलेक्सा र एप्पलको सिरी भ्वाइस असिस्टेन्टहरूले जस्तै च्याटजीपीटीले पनि काम गर्नसक्ने छ ।

    ओपनएआईले शेयर गरेको डेमो भिडिओमा एक प्रयोगकर्ताले च्याटजीपीटीलाई कथा भन्न लगाउँछन् । प्रतिक्रियामा च्याटजीपीटीले मानव आवाजमा कथा भनेको सुनिन्छ । त्यस्तै कथा भनिसकेपछि कथामा भएका पात्र, घटनाबारे प्रश्न सोध्दा च्याटजीपीटीले उत्तर दिएको छ ।

    च्याटजीपीटीको यो क्षमता ‘टेक्स्ट टु स्पिच मोडल’ मा आधारित भएको र केही अक्षर तथा नमूना आवाजका आधारमा यसले मानव आवाज निकाल्न सक्ने ओपनएआईले उल्लेख गरेकाे छ ।

    त्यस्तै पाँच-फरक फरक आवाजका लागि कम्पनीले व्यावसायिक कलाकारसँग सहकार्य गरेको छ । बोल्न मिल्ने फिचरसँगै चित्रका आधारमा पनि प्रतिक्रिया दिनसक्ने क्षमता रहेकाे कम्पनीकाे भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ