• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    पाँचौं वार्षिकोत्सवको अवसरमा राइडरबाट लिने कमिसन घटाउँदै पठाओ

    1.7K
    SHARES



    काठमाडौं । राइड शेयरिङ तथा हेलिङ एप पठाओले आफ्ना राइडरहरूबाट लिने कमिसन घटाउने भएको छ ।

    भोलि सोमबारदेखि सुरु हुने ‘पठाओ दशैं महोत्सव’ अन्तर्गत कम्पनीले राइडरहरूले तिर्नुपर्ने कमिसन घटाउने भएको हो ।

    हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन लाग्दै आएको छ ।

    अब तीन हप्तासम्मका लागि धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घट्दै जाने पठाओ नेपालका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातले बताए ।

    जसमा अधिकतम राइड गर्नेले तिर्ने कमिसन घटेर कम्तिमा एक प्रतिशतसम्म हुन आउने कम्पनीले जनाएको छ ।

    यस्तै पठाओले आफ्ना पाँचौं वार्षिकोत्सवको अवसरमा राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो‍ (फुड डेलिभरी गर्ने व्यक्ति) का लागि ‘पठाओ बेनिफिट प्रोग्राम’ समेत सुरु गरेको छ ।

    आइतवार उत्कृष्ट चालकलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक बस्न्यातले उक्त घोषणा गरेका हुन् ।

    पठाओको सुरूवाती दिनदेखि हालसम्म राइड गरेका १ सय ३१ उत्कृष्ट चालक तथा पठाओ हिरो सम्मानित भएका छन् ।

    कम्पनीका अनुसार पठाओ चालकलाई उनीहरूले अहिलेसम्म लिएका राइडका आधारमा डाइमन्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज समूहमा वर्गीकरण गरी सम्मान गरिएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ