• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    शिक्षा विधेयकविरुद्ध माइतीघरमा शिक्षकहरूको प्रदर्शन

    1.7K
    SHARES



    काठमाडौं । नेपाल शिक्षक महासंघ सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ती जनाउँदै आन्दोलित भएको छ ।

    महांसघले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने बनेको विधेयक २०८० शिक्षकहरूको हकहित विपरीत भएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

    देशभरबाट विद्यालय नै बन्द गरेर काठमाडौं आएका शिक्षकहरू माइतीघरमा भेला भइ प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले विभिन्न माग लेखिएका प्लेकार्डहरु पनि बोकेका छन् ।

    निजी विद्यालयका शिक्षकलाई पालिकाले तोकेअनुसार नभइ सार्वजनिक विद्यालयका शिक्षक सरह तलब सुविधान दिनुपर्ने उनीहरूको माग छ ।

    महासंघले पालिकामा नभइ शिक्षक दरबन्दी संघमा नै राख्न माग गरेको छ । शिक्षकहरूको प्रदर्शनका कारण सो सडक खण्डको ट्राफिक अस्तव्यस्त बनेको छ ।

    विधेयक संशोधन नभएसम्म काममा नर्फकिने उनीहरूले चेतावनी दिएका छन् । नेपालमा हाल सार्वजनिक र निजी गरी ३४ हजार विद्यालय सञ्चालनमा रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ