• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    अखिल (क्रान्तिकारी)का नेता कार्यकर्ता सिंहदरबारबाट पक्राउ

    1.4K
    SHARES



    काठमाडौँ। सरकारले तयार पारेको नयाँ शिक्षा विधेयक प्रति असंतुष्टि जनाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का नेता, कार्यकर्ता सिंहदरबारबाट पक्राउ परेका छन् ।

    सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा विधेयक, २०८०’ को विरोध गर्दै सिंहदरबार अगाडी प्रदर्शन गरेपछि प्रहरीले अखिल (क्रान्तिकारी) बागमती संयोजक उषाकिरण आजाद, उपत्यका संयोजक हरि बिष्ट, केन्द्रीय सदस्य तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस संयोजक राजन साउद र केन्द्रीय सदस्य राहुल भूषण विश्वकर्मासहितका नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको क्रान्तिकारीका कार्यालय सचिव डीबी शाहीले जानकारी दिए ।

    संसदमा दर्ता भएको शिक्षा विधेयक विद्यार्थीका मागहरुलाई सम्बोधन गनुृको साटो शैक्षिक व्यापारीहरुलाई सेवा पुग्ने गरी ल्याइएको भन्दै अखिल क्रान्तिकारीले आन्दोलनका कार्यक्रहरु घोषणा गरेको थियो ।

    सोही बमोजिम आज मंगलबार क्रान्तिकारीका नेताहरुले सिंहदरबार अगाडी उक्त शिक्षा विधेयक जलाउने क्रममा प्रहरीले सिंहदरबारको मूल गेटबाट पक्राउ गरेको हो ।

    संसदमा दर्ता भएको यस शिक्षा विधेयकको शिक्षक महासंघले पनि विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ