• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नेपालमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

    2K
    SHARES



    काठमाण्डाै। नेपालमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज मङ्गलवार नेपाली बजारमा अमेरिकी डलरको भाउको खरिददर १ सय ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ५४ पैसा पुगेको छ ।

    यो अहिलेसम्मकै उच्च हो । यसअघि नेपाली मुद्रा अमेरिकी डलरसँग यति कमजोर बनेको थिएन । हिजो साेमवार भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बनेपछि आज नेपाली बजारमा डलर महँगो भएको हो ।

    डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेहरूलाई फाइदा भए पनि बाँकी सबैतर्फ नेपाललाई घाटा हुन्छ । नेपालको निर्यात व्यापार निकै कम भएको र आयात चुलिँदो अवस्थामा रहेका कारण डलरको भाउ बढ्दा महँगी बढ्नुका साथै डलर सञ्चितीमा सरकारलाई दबाब पर्ने गर्छ ।

    यस्तै सरकारले तिर्ने ऋणको साँवा र ब्याज भुक्तानीसमेत बढ्ने गर्छ । डलरसँगै युरो र पाउन्डको भाउ पनि बढेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ