• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    उत्कृष्ट चार बैंकद्वारा लाभांश घोषणाको तयारी, १५ बाणिज्य बैंक बाँकि

    2.6K
    SHARES



    काठमाडौं । नबिल, स्टयाण्डर्ड चार्टर्ड, कृषि विकास र एसवीआई बैंकले राष्ट्र बैंकमा लाभांश पारितको लागि प्रस्ताव लैजाने भएकोछ । नबिल, स्टयाण्डर्ड चार्टर्ड, कृषि विकास र एसवीआई लाभांश प्रस्ताव गर्ने अबको बैंकहरु रहेका छन् ।

    कुल २० वाणिज्य बैंक मध्ये राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई शेयर भने जारी गरेको छैन् । बाँकी १९ मध्ये ४ वटाले लाभांश प्रस्ताव गरिसकेका छन् । अझै १५ वाणिज्य बैंक लाभांश घोषणा गर्न बाँकी रहेका छन् ।

    स्टयाण्डर्ड चार्टर्डले २९ प्रतिशत, नबिल र कृषि विकास बैंकले करिव १५ प्रतिशत तथा एसबीआईले करिव १४ प्रतिशत लाभांश दिन सक्ने क्षमता भएकाले यी बैंकको शेयरमा लगानीकर्ता ध्यान जान थालेको हो ।

    अहिलेसम्म ४ बैंकले लाभांश घोषणा गरिसकेका छन् । एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भने एभरेष्ट बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    यसैगरी, सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५ दसमलव ७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ