• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    यस्तो छ एप्पलको नयाँ स्मार्ट वाच

    2.6K
    SHARES



    काठमाडौँ। अमेरिकी कम्पनी एप्पलले मंगलबार तीनवटा नयाँ स्मार्टवाच सार्वजनिक गरेको छ ।

    सार्वजनिक भएका नयाँ एप्पल वाचमा Apple Watch 9, Apple Watch SE र Apple Watch Ultra छन्।

    एप्पलले लञ्च गरेको नयाँ संस्करणका स्मार्ट घडीमा विभिन्न आकर्षक तथा अत्याधुनिक फिचर्स उपलब्ध रहेका छन् ।

    त्यसमध्ये एउटा जादूमयी फिचरसमेत रहेको छ जसमा एप्पल वाच नछोइकनै केवल दुईवटा औंलाको इसारामा काम गर्न सक्छ ।

    एप्पल वाच ९ सिरिज तथा अल्ट्रा २ मा कम्पनीले डबल ट्याप, न्यू हेल्थ ट्रयाकिंग फिचर तथा एक्युरेसी लगायतका फिचर राखेको छ । एप्पल वाच ८ सिरिजको तुलनामा नबौँ सिरिज उत्कृष्ट तथा अत्याधुनिक रहेको छ ।

    एप्पल सिरिज ९ मा एप्पलको एस ९ चिपको प्रयोग गरिएको छ । जुन एस ८ चिपसेटको तुलनामा फास्ट छ । प्रयोगकर्ताले स्मार्टवाच प्रयोग गरेर सिरीसँग आफ्नो स्वास्थ्य सम्बन्धी जानकारी माग्न सकिनेछ । सुरुमा यो फिचर अंग्रेजी र चिनिया भाषामा मात्र उपलब्ध हुनेछ ।

    डबल ट्याप फिचर

    एप्पल वाचमा डबल ट्याप फिचर सामेल गरिएको छ, जुन निकै गज्जबको छ । यसबाट प्रयोगकर्ताहरुले चोर औंला र बुढी औंलाले डबल ट्याप गरेर कल रिसिभ गर्नेलगायतका विभिन्न फिचर्स नियन्त्रण गर्न सक्दछन् । यो एप्पल वाच विभिन्न पाँचवटा रङमा उपलब्ध छ ।

    एप्पल वाच सिरिज ९ विभिन्न दुईवटा भेरिएन्टमा पेश गरिएको छ, जसमा एउटा ४१ मिलिमिटर र अर्को ४५ मिलिमिटर साइजमा रहेको छ । एप्पल वाच एसई पनि दुईवटा भेरिएन्टमा पेश गरिएको छ, जुन ४० मिलिमिटर र ४४ मिलिमिटर आल्मुनियम केसमा उपलब्ध छ ।

    एप्पल वाच ९ सिरिजको डिस्प्लेमा २००० निट्सको पिक ब्राइटनेस रहेको छ । एप्पल वाच सिरिज ९ मा वाच अपरेटिंग सिस्टम १० छिटै नै उपलब्ध हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ