• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अटो विजनेश

    ग्रिन टायरले थाल्यो ठूला साइजका टायरको बिक्री, अर्थमन्त्रीले गरे उद्घाटन

    1.3K
    SHARES



    काठमाडौं । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने ९.००-२० र १०.००-२० साइजका शेर्पा सारथी टीटी टायरको बिक्री प्रारम्भ गरेको छ ।

    नाडा अटो शो २०२३ को शुभारम्भको अवसरमा एक कार्यक्रमबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले औपचारिक रुपमा सो टायर सार्वजनिक गरेका हुन् । विशेष गरी ट्रली तथा ट्रयाक्टर ट्रलीमा प्रयोग हुने ९.००-२० र १०.००-२० का टायर मोटो गोटी तथा लाइन गोटीमा १८ प्लाई रेटिङमा उपलब्ध छन् ।

    उच्च गुणस्तरीय हेभी ड्युटी ती टायरमा कट रेसिस्टेन्स क्षमता भएकाले नेपाली माटो तथा बाटोका लागि उपयुक्त भएको कम्पनीका निर्देशक विकास सिंघानियाले जानकारी दिए । यी टायर तुलनात्मक रुपमा सस्तो, सुलभ र गुणस्तरीय भएकाले बजार मागको ठूलो हिस्सा ओगट्ने विश्वास सिंघानियाले व्यक्त गरे ।

    करिब ५ वर्षअघि स्थापित निजी क्षेत्रको पहिलो टायर उद्योग ग्रिन टायर प्रालिले मोटरसाइकल, स्कुटर, अटो, टेम्पु तथा ट्रयाक्टरका टायरहरु यसअघि नै बजारमा बिक्री गर्दै आइरहेको छ । हाल कम्पनीले वार्षिक १ लाख थान टायर उत्पादन गर्दै आएको छ । कम्पनीमा १०० जना कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया