• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कोशी

    कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार : ३ मन्त्री र १राज्यमन्त्री

    2.1K
    SHARES



    काठमाडौँ । कोशी प्रदेशमा तिन मन्त्री र एक राज्यमन्त्री सहित आजै मन्त्रिपरिषद विस्तार हुने भएको छ ।

    सर्वोच्च अदालतले संविधानको धारा १ सय ६८(३) अन्तर्गत हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै आजै मन्त्रिपरिषद विस्तारको तयारी भएको हो ।

    दिउँसो सम्ममा २ जना मन्त्री नियुक्त गर्ने तयारी भएपनि भूगोल र जातजाति समेत मिलाउनु पर्ने दबाब आएपछि मुख्यमन्त्री हिक्मत कार्कीले थप १ मन्त्री र राज्यमन्त्री नियुक्ति गरी मन्त्रिमण्डल विस्तारको तयारी गरेका हुन् ।

    मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वो, एकराज कार्की पाँचकर्ण राईलाई मन्त्री नियुक्ति गरेका हुन् । मेन्याङ्वो ताप्लेजुङ, कार्की झापा र राई खोटाङ्बाट विजयी भएका हुन् ।

    एमाले स्रोतका अनुसार कार्कीले मुख्यमन्त्रीमा शपथ लिएसँगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री हुने भएका छन् । मेन्याङ्बोले यसअघि कार्की नेतृत्वमै यही मन्त्रालय सम्हालेका थिए ।

    त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ लिने भएका छन् ।

    त्यस्तै, भोजपुरबाट समानुपातिक सांसद सृजना राई सामाजिक विकाश राज्यमन्त्री हुने भएकी छन् । अहिले सपथ ग्रहणको तयारी हुँदै छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया