• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कोशी

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त हुँदै

4K
SHARES



काठमाडौँ । नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज मुख्यमन्त्री नियुक्त गरी सपथ गराउँदैछन् ।

सर्वोच्च अदालतले हिजो ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएकोमा अदालतको आदेश प्राप्त भएलगत्तै मुख्यमन्त्री नियुक्ति गरेर सपथको तयारी भएको हो ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरी शुक्रबार साँझ ६ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

कार्यालयका निमित सचिव नरेन्द्र श्रेष्ठका अनुसार सर्वोच्चको आदेशको जानकारी आएकोले मुख्यमन्त्री नियुक्तिको प्रक्रियासँग सपथको तयारी भएको हो ।

सर्वोच्चले बिहीबार उद्धब थापाले भदौ ४ गते प्रदेशसभाबाट लिएको विश्वासको मत बदर गर्दै उनलाई मुख्यमन्त्रीबाट पदमुक्त गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ