• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

    10.1K
    SHARES



    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।

    नेपाल आयल निगमले बिहीबार एक विज्ञप्ति मार्फत पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो ।

    पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २ सय ३५ रुपैयाँ बढेको निगमले जनाएको छ । निगमले मूल्यवृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ ।

    इण्डियन आयल कर्पोरेशनबाट आज (बिहीबार) मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

    निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रति लिटर रु ३.१७ र रु २.४८ तथा एलपि ग्यासको मूल्यमा प्रति सिलिण्डर रु १८६.४५ ले वृद्धि भएर आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ