• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नक्कली भुटानी शरणर्थी प्रकरणका ३ जना अभियुक्तको फेरि बयान लिइने

    2.3K
    SHARES



    काठमाडौँ। नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने मुख्य योजनाकार सानु भण्डारी, केशव दुलाल र रामशरण केसीविरूद्ध दोस्रो चरणको अनुसन्धान सुरू भएको छ ।

    साउनको अन्तिम साता भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले उनीहरूविरूद्ध जाहेरी दिएका थिए । भण्डारी, दुलाल र केसीले आफूहरूलाई नक्कली भुटानी शरणार्थी बनाउन १ करोड ८५ लाख रुपैयाँ लिएको जाहेरीमा भनिएको छ ।

    जाहेरी लिएर अपराध अनुसन्धान कार्यालयले थप कारबाहीका लागि साउन २६ गते जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।

    त्यही दिनदेखि नै अनुसन्धान अगाडि बढाइएको हो । जाहेरी दिएका १८ जनामध्ये ४ जनाको बयान लिइएको शरणार्थी प्रकरण अनुसन्धान गरिरहेका प्रहरीका एक उच्च अधिकारीले बताएका छन् ।

    ‘काठमाडौंका तीन जना र संखुवासभाका एक जनाको बयान लिइसकेका छौं, बाँकी जाहेरीकर्ताको पनि छिट्टै बयान लिन्छौं,’ उनले भने।

    बयानका क्रममा जाहेरीकर्ताले तीन जनालाई पैसा दिएको प्रमाण बैंक स्लिप प्रहरीलाई बुझाएका छन्। उनीहरूले बुझाएका प्रमाण सही हुन् कि होइनन् भन्ने प्रमाणित गर्ने काम भइरहेको ती प्रहरी अधिकारीले जानकारी दिए ।

    थप १८ जना जाहेरीकर्ताको बयान लिइसकेपछि उनीहरूले किटानी गरेका व्यक्तिहरूको फेरि बयान लिइनेछ । फेरि बयान लिँदा पहिलो चरणजस्तो विस्तृत रूपमा हुँदैन । पीडितले दिएको बयानको बारेमा सोधपुछमात्र हुने उनले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया