• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    लगातार बढ्दै सुनचाँदीको मूल्य

    2.2K
    SHARES



    काठमाण्डाै । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार १ सय रुपैयाँमा पुगेको छ ।

    हिजो तोलामा १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आज ३५ रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, विश्वको अग्रणी ‘टेलिकम जायन्ट’ हुवावेसँग साझेदारी रहेको विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपाली अटो बजारमा आउने भएको छ।

    विश्वका ७० वटाभन्दा बढी मुलुकमा बलियो उपस्थिति रहेको सेरेसले एसियामै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारीसाधन ल्याउन लागेको हो ।

    इलेक्ट्रिक कारमा ‘डेडिकेटेड’ ब्रान्ड सेरेस नाडा अटो शोमा सार्वजनिक हुनेछ। एमएडब्लु ग्रुपले सेरेस ब्रान्डलाई नेपाल भित्र्याउन लागेको हो।

    यो वर्षको अन्त्यसम्ममा हुवावेको ‘एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’ भएको आफ्नो पहिलो ‘आइटो–ब्रान्डेड’ कार मोडेल सार्वजनिक गर्ने योजना बनाएको थियो ।

    हुवावेको सहयोगमा सेरेसले सन् २०२६ सम्ममा १० लाख इलेक्ट्रिक कार उत्पादन गर्ने लक्ष्य राखेको छ । सेरेसले हालसम्म एक लाखभन्दा बढी इलेक्ट्रिक कार डेलिभर गरिसकेको छ ।

    प्रविधिको हब मानिने अमेरिकाको ‘सिलिकन भ्याली’मा स्थापना भएको सेरेस ब्रान्डलाई प्राविधिक विशिष्टताका कारण इभी क्षेत्रमा अग्रणी मानिन्छ ।

    हुवावे र सेरेसबीचको नयाँ सम्झौताअनुसार बन्ने इलेक्ट्रिक कार बिल्कुल नयाँ प्लेटफर्ममा निर्माण हुनेछ । यसका लागि सेरेरले औद्योगिक संसाधन र नयाँ प्रविधि तथा प्रक्रिया उपलब्ध गराउनेछ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ